सुनको मूल्य तीन लाखमा झर्यो, चाँदीको कति खस्कियो ?

0 Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तीव्र रुप उकालो लागिरहेको सुनको मूल्यमा भारी गिरावाट आएसँगै नेपाली बजारमा प्रभाव परेको छ। अन्तराष्ट्रिय बजारमा शुक्रबार भारी मात्रामा मूल्य घटेसँगै यसको असर नेपाली बजारमा देखिएको हो।

योसँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले गिरावट आएको छ। योसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कायम भएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यसमेत भारी गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ५०० रुपैयाँमा कायम भएको छ।अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।

शुक्रबार विश्व बजारमा सुनको मूल्य करिब ५ सय डलरले घटेसँगै नेपाली बजारमा पनि भारी गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो।

सम्बन्धित समाचार