0
Shares
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि बढेको छ ।
आज चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ पुगेको छ । यसअघि चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।