नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइ बिक्री खुल्यो, १०० देखि डेढ कराेड कित्तासम्म माग गर्न सकिने

0 Shares

काठमाडौं। कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइ आजदेखि बिक्री खुल्ने भएको छ। नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने योजनामा कुल १६ करोड इकाइ बिक्री गरिनेछ।

योजनाको कुल निष्कासनमध्ये बिउपुँजीबापत २ करोड २४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी १३ करोड ६० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन सकिनेछ। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। योजनाको सार्वजनिक निष्कासन बन्द छिटोमा माघ ८ र ढिलोमा माघ १८ सम्म हुनेछ।

सम्बन्धित समाचार