माघ १ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ माघ १ गते बिहीबार । सन् २०२६ जनवरी १५ तारीख । नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण द्वादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वृद्धि योग, कौलाव करण एवं माघे संक्रान्ति पर्व । आज बिहान ६ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ३१ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौं आजको राशिफल।

मेष

नियमित काममा जाँगर बढ्नुका साथै महत्वपूर्ण काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । सुखद यात्राको योग रहेको छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । खर्चमा केही वृद्धि भए पनि मन सन्तुष्ट रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने देखिन्छ ।

बृष

स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता पनि गराउन सक्ने योग छ, सावधान रहनुहोला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछ ।

मीथुन

वौद्धिक, रचनात्मक तथा कलात्मक काम सार्थक बन्ने दिन छ । रोकिएका अधुरा कामहरु पुरा हुनुका साथै व्यवहारिक समस्याको हल हुने देखिन्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल वृद्धिका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग पनि छ ।

कर्कट

आजको दिन घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तजनबाट खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले ब्यस्तता बढाउने सम्भावना छ । खेलकुद, भ्रमण, रसराग जस्ता क्रियाकलापमा आकर्षण बढ्ने समय छ ।

सिंह

आजको दिन कामहरु अधुरा रहनसक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । मिहेनतअनुसार उपलब्धि प्राप्त नहुने देखिन्छ । अकारण डरत्रासको भाव जागृत हुनसक्छ । वादविवाद तथा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सतर्क रहनुहोला । आत्मीयजनबाटै असहयोग र आश गरेका व्यक्तिबाट धोका मिल्नसक्ने सम्भावना छ । यात्रागत कार्य भने आंशिकरूपले सफल रहने देखिन्छ ।

कन्या

ठूलो सहयोगको आशा देखाउनेहरूले आजको दिन धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन दुविधाग्रस्त रहनसक्छ, संयमता अपनाउने कोशिस गर्नुहोला । रोकिएको कुनै विशेष काम भने बन्ने योग छ । स्वास्थ्य केही कमजोर रहनसक्ने समयका बारण आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

तुला

नियमित कार्यमा सामान्य बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने समय छ । गरेका कार्यहरू हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्नसक्ने देखिन्छ । आज स्वास्थ्य पनि कमजोर रहेको अनुभूति होला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहनेछ । मित्रजनको सहयोगले यात्रापरक काममा सफलता मिल्नेछ ।

वृश्चिक

अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा विशेष सफलता प्राप्त हुनेछ । खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । देखापरेका समस्याहरूको हल हुनेछ ।

धनु

इष्टमित्रबीच आत्मीयता बढ्नुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्नसक्ने देखिन्छ, व्यवहारमा सजगता अपनाउनुहोला । सन्तान पक्षबाट सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर

रोकिएका कामहरु बन्नथाल्नाले उत्साह वृद्धि हुने समय छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपरे पनि अन्ततः लाभ नै मिल्ने योग छ । यात्रागत कार्यको लागि उचित समय छ । अनौठो र लाभदायक यात्रा हुनसक्छ । कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

कुम्भ

सामाजिक काममा नाम रहने भए पनि मनमा दुबिधा रहनसक्ने दिन छ । केही चुनौतीयुक्त समय छ । सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग रहेकोले आर्थिक कारोबार नगर्नु उचित हुनेछ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । खर्च वृद्धिले मन अशान्त तुल्याउन सक्छ ।

मीन

दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा(समारोहमा भाग लिने मौका प्राप्त होला । तर, अरूलाई वचन दिने बानीले भने अप्ठेरोमा पार्न सक्छ, सजग रहनुहोला । साझेदारीको काम बन्नेछ, सुख विलास पनि बढ्नेछ । प्रेमसम्बन्धमा देखापरेको खटपटमा केही सुधार आएपनि मानसिक तनावकै अवस्था रहला ।

सम्बन्धित समाचार