सुनको मूल्य तोलामै ११ हजार घट्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । बुधबार एकै दिन सुनको मूल्यमा भारी गिरावट हुँदै तोलामा ११ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार