0
Shares
काठमाडौं । जिल्लाको बूढानीलकण्ठ नगरपालिका २ मा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेल जाने सडकमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकुर नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।
उक्त वस्तु मंगलबार राति करिब १२ बजे भेटिएको थियो । शंकास्पद वस्तु फेला परेको खबर पाउनासाथ चन्दन नाथ गणबाट खटिएको सेनाको टोलीले निस्क्रिय बनाएको हो ।
निस्क्रिय बनाइएको उक्त कुकर प्रेसरमा सलाइको काँटी र इँट्टाको टुक्रा भेटिएको सेनाले जनाएको छ ।