धनुषामा पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार पक्राउ

0 Shares

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका ४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन् । उनको साथमा रहेका तीन जना फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो । प्रहरी टोली पुगेपछि उनीसँगै रहेका तीन जना फरार भएका हुन् ।

प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ । पक्राउ परेका महराले प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार