आज मिति २०८२ फागुन २० गते बुधबार । सन् २०२६ मार्च ४ तारिख । नेपाल सम्बत ११४६ चिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल प्रतिपदा तिथि । आज बिहान ६ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ६ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक कार्यमा राम्रै प्रगति हेला । पठन(पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुर्ने योग छ ।
बृष
दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा महत्वपूर्ण व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन
व्यस्तता बढे पनि आजको दिन रोकिएका काम सम्पादन हुनेछ भने विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । आर्थिक अभावले चाहिँ अलिक सताउन सक्छ, ध्यान राख्नुहोला । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
कर्कट
बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । कुनै काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ ।
सिंह
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । इष्टदेवको पूजा उपासना गर्नाले विशेष फाइदा होला । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु उचित हुनेछ ।
कन्या
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ ।
तुला
केही बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । आज व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी पनि बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुने तथा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला, ध्यान राख्नुहोला ।
वृश्चिक
विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ र तिनबाट राम्रै आश्वासन मिल्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । प्रेमभाव बढ्नेछ ।
धनु
अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर
परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । आरोग्यबल बढ्नेछ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
कुम्भ
दिन चुनौतीयुक्त छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् भने स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । प्रतिकुलताका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ ।
मीन
परिश्रम परे पनि नियमित काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय भएकोले आर्थिक उपार्जनमा पनि सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । नयाँ काममा हात हाल्दा फलदायी नतिजा आउनेछ । धन आर्जन गर्ने मौका जुर्नाले उत्साह बढ्नेछ ।