किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

0 Shares

काठमाडौं । मोरङको विराटनगरस्थित एक गजल रेस्टुरेन्टमा किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-११, रोडशेषमा सञ्चालित ‘भिन्तुना गीत गजल’ मा कार्यरत १६ वर्षीया किशोरीलाई यातनासहित यौन कार्यमा लगाएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले भिन्तुना गीत गजलका सञ्चालक विराटनगर-१२ का ३३ वर्षीय पर्शुराम कामत र कर्मचारी विराटनगर-८ का २६ वर्षीय मनीष ठाकुरलाई पक्राउ गरेको हो।

उनीहरूले झापा कनकाई नगरपालिका १ घर भई ५ महिनादेखि उक्त गजलमा काम गरिरहेकी किशोरीलाई कोठामा थुनेर भारतीय नागरिकहरूसँग जबरजस्ती यौन क्रियाकलाप गर्न लगाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

सम्बन्धित समाचार