0
Shares
काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा हाइड्रो पावरमा कार्यरत दुईजना कामदार बेपत्ता भएका छन्।
शनिबार दिउँसोदेखि बेपत्ता उनीहरुको खोजीकार्य भैरहेको चितवन प्रहरीले जनाएको छ।
शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ।
बेपत्ता युवकको आज बिहानैदेखि खोजी कार्यजारी रहेको चितवन प्रहरीले जनाएको छ। त्रिशूली नदी किनारमा कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको हो।
उनीहरु सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने कामदार रहेका प्रहरीले जनाएको छ।