स्पाबाट उद्धार गरिएकी एक जना नाबालिका गर्भवती

0 Shares

काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका गर्भवती रहेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले विभिन्न मितिमा काठमाडौंका स्पा र गेस्टहाउसबाट आठ नाबालिकाको उद्दार गरिएको विवरण ३ पुसमा सार्वजनिक गरेको थियो । जसमध्ये एक नाबालिका गर्भवती रहेको खुलेको हो ।

नाबालिकालाई आफ्नो समस्या बताएपछि जाँच गर्दा गर्भ बसेको पाइएको स्रोतले बतायो । गर्भवती नाबालिकासहित आठै जनालाई अहिले ‘सेफ हाउस’मा राखिएको छ ।

ती नाबालिकालाई स्पामा यौनभन्दामा लगाउनेलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिएको छ ।

 

 

सम्बन्धित समाचार