काठमाडौं आइपुगे रवि, पार्टी कार्यालयमा भव्य स्वागत हुँदै

0 Shares

काठमाडौं । नख्खु कारागारबाट शुक्रबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

उनी चितवनमा आयोजित सभालाई सम्बोधन गरी काठमाडौं आइपुगेका हुन् । उनले आजै जेनजी घाइते र सहिदका परिवारलाई भेट्ने कार्यक्रम छ ।

उनी विमानस्थलबाट सोझै जेनजी घाइतेलाई भेट्न जाने उनी निकट नेताहरूले बताए । उनलाई पार्टी कार्यालयमा स्वागत गरिने कार्यक्रमसमेत रहेको छ । उनी दुई करोड ७४ लाख धरौटीमा रिहा भएका थिए ।

सम्बन्धित समाचार