मेरो हार स्वभाविक होः विष्णु रिमाल

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले आफ्नो हार स्वीकारेका छन् । उनले आफ्नो हार अस्वाभावक र चिन्ताको विषय नभएको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सबैभन्दा नजिकको सहयोगी भएर काम गरेका उनी एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएका थिए ।

आफू पराजित भएसँगै उनले सामाजिक सञ्जालमा परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको बताए ।

‘महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो, पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एक जना उपमहासचिव म स्वयं र एक जना उपाध्यक्षबाहेक सबै निर्वाचित हुनुभयो,’ उनले भने, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय, यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् ।’

सम्बन्धित समाचार