केन्द्रीय सदस्य समेत नरहने गरी विष्णु रिमाल पराजित,गोकुल भने केन्द्रीय सदस्य निर्वाचित

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए । उनी राजनीतिक इतिहासमा एक पटक पनि निर्वाचित भएका छैनन् ।

यस्तै एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था छ ।

सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने ११९५ मतका साथ विजयी भएका हुन् ।

 

 

सम्बन्धित समाचार