0
Shares
कोहलपुर । कोहलपुरमा एक ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति कोहलपुर नगरपालिका–११ बस्ने, मूल घर बैजनाथ गाउँपालिका–१ रहेका ३० वर्षीय ललित शाही हुन्।
उक्त घटनाबारे परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।