ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

0 Shares

काठमाडौं । “इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तारर ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो।

यी अवार्डहरू एमएडब्लू समूहको वातावरण प्रतिको जिम्मेवारी र नयाँ ऊर्जाक्षेत्रको प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेलसमूहले नेपाललाई स्वच्छउर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागि परेको छ। ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो। यसको ह्याचब्याक मोडेलनामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्टफिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ।

कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ। देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ।

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारणसर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्।यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत र २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ।

यसको सेवा प्रणालीमा पिक-एण्ड-ड्रप, रोडसाइड असिस्टेन्सतथा अफ–रोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन्। यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धिगाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्नसफल रहेको छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेक होल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन्।

यी सम्मान र निरन्तरका पहलहरू मार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवा र नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ।

यसै सन्दर्भमा समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धन प्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

सम्बन्धित समाचार