0
Shares
काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेन जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा अशान्त बनेको छ ।
आज बिहीबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।
एमाले कार्यकर्ता र जेनजीबिच झडप भएपछि बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी ध्यानाकर्षण भएको जनाएको थियो ।
आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर झडप भएको हुन सक्ने भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।