0
Shares
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजीको प्रस्ताव राखेको आरोपमा दुई जना पक्राउ परेका छन्।
खेलाडीहरूले प्रहरीलाई सट्टेबाजहरूले राखेको प्रस्तावको सूचना दिएपछि मंगलबार लाजिम्पाटबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया नगरपालिका–८ घर भएर भारत बस्ने रेविका सिंह ठकुरी छन्।
उनीहरूले एनपीएलमा प्रतिस्पर्धा गरिरहेका खेलाडीलाई स्पोन्सर गर्छौँ भन्दै ह्वाट्स एप र इन्स्टाग्राममार्फत मिलेमतोमा खेल्न आग्रह गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।