नगर विकास कोष र लम्की खानेपानीबीच साढे २९ करोडको ऋण सम्झौता

0 Shares

काठमाडौं । नगर विकास कोष र कैलालीको लम्की खानेपानी उपभोक्ता संस्थाबिच ऋण सम्झौतामा सहमति भएको छ ।

बिहीबार कोष र लम्की खानेपानी संस्थाबीच काठमाडौंमा भएको एक कार्यक्रममा सम्झौता भएको हो ।

लम्की खानेपानी उपभोक्ताले कुल २९ करोड ४८ लाख ३१ हजार लिने गरी ऋण सम्झौता भएको छ । जसमा नेपाल सरकारबाट प्राप्त हुने २० करोड ६३ लाख ८२ हजार, कोषबाट प्रदान हुने ७ करोड ३७ लाख ८ हजार र उपभोक्ता संस्थाबाट १ करोड ४७ लाख ४१ हजार ६ लिएर निर्माण गरिने भएको छ ।

यसअघि नगर विकास कोष, उपभोक्ता संस्था र नगरपालिकाबीच हुने गरेको यस्तो सम्झौतामा अबदेखि राष्ट्रिय साना सहरी खानेपानी महासंघको समेत औपचारिक उपस्थिति हुने व्यवस्था गरिएको हो ।

सम्झौतामा नगर विकास कोषका कार्यकारी निर्देशक विनोद प्रसाद पण्डित, लम्की साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तेजबहादुर चालाउने, लम्की चुहा नगरपालिकाकी प्रमुख सुशीला शाह र राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेम राज वलीको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

यो सम्झौताले खानेपानी क्षेत्रको दीगो र सशक्त सेवा प्रवाहमा थप योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार