काठमाडौं । नेपाली बजारको पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित अब्बल व्यापारिक कम्पनी हो । यस कम्पनीले आफूले वितरण गरिने सेवा तथा वस्तुहरुमा नवीनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएको छ ।
यसै ग्रुपले आफ्नो प्रधान कार्यालय ललितपुर महानगर ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रमबीच एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले विभिन्न मेसिनहरु सार्वजनिक गरेको छ ।
यस कम्पनीले लामो समयदेखि बिक्री वितरण गदै आइरहेकोमा हालै एसडीएलजीएल ९३६ एचईभी मोडलअन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको छ। यस मेसिनले वातावरणमा न्यून हानी पुर्याई नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई गरेको प्राथमीकतालाई बल पुग्ने कम्पनीले विश्वास लिएको छ ।
नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण हो । अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणालीसहितको यो लोडरले वातावरणमा न्यून हानी पुर्याउने छ ।

यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ । यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थल र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त छ । एसडीएलजी मेसिनहरूको परिचित नामको रुपमा नेपाली बजारमा लन्च गरिएको छ ।
नयाँ ईभी लोडरको विशेषताहरूः
मुख्य विशेषताहरू
ब्याट्री शक्ति: १८०.५ किलोवाट (५२१ भोल्टेज) लिथियम आयरन फस्फेट ब्याट्री ।
मोटर शक्ति: ६० किलोवाट नियमित र ९० किलोवाट अधिकतम
यो लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. बाल्खु, काठमाडौंमा प्रदर्शनको लागि उपलब्ध छ । इच्छुक ग्राहक तथा साझेदारहरूलाई यो नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्ने छन् ।