0
Shares
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहुपक्षीय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गरेका छन् ।
राष्ट्रपति सीले यस वर्षको सुरुदेखि चीन र रुसले उच्च स्तर र उच्च गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य वातावरणलाई दृढतापूर्वक आत्मसाथ गरेको बताउँदै आएका छन् । उनले अब्बल द्विपक्षीय सम्बन्ध सुदृढ पादै अगाडि बढाउनु दुवै पक्षको लागि रणनीतिक योजना भएको बताए ।
यस वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा द्विपक्षीय सम्बन्धका लागि नयाँ खाका तयार भएको उल्लेख गर्दै सीले दुई देशले घनिष्ठ समन्वय कायम गरी समझदारीलाई कार्यान्वयन गर्न र दुई देशका जनताको हितलाई ध्यानमा राख्दै सहयोग विस्तार गर्ने काम गर्नुपर्ने बताए ।