आकासिएको सुनको मूल्य एकाएक घट्न थाल्यो, कारोबार कतिमा हुँदै ?

0 Shares

काठमाडौँ । आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।

अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज मंगलबार थप २७ सय रुपैयाँले घटेको छ । योसँगै सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्यसमेत तोलामा २७०० रुपैयाँले घट्दै १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार