पोखरा बसपार्कमा महानगरको डोजर

0 Shares

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना    हटाउन शुरु गरेको छ ।

बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो। विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने बताएको छ ।

सम्बन्धित समाचार