घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको १०० रूपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेको छ । यस दिन एक तोला चाँदीको मूल्य ५ हजार ४८० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला चाँदीको मूल्य ५ हजार ४८८ रुपैयाँ थियो ।

सम्बन्धित समाचार