आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या ‘आइसियू’मा उपचार हुँदै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । योसँगै आइसियूमा राखेर उनको उपचार भइरहेको छ ।

मिर्गौलामा संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए ।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्री बनेका थिए ।

उनीमाथि निर्वाचनमा समयमा बम बनाउँदा घाइते भएकाहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोप थियो । सोही मुद्दामा उनलाई केही वर्ष कारगारमा राखिएको थियो ।

सम्बन्धित समाचार