गायिका नितु पौडेलको मृत्युपछि गायक बाबुल गिरीविरुद्ध उजुरी

0 Shares

काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेको बताएका छन् । विगत ९ वर्षदेखि बहिनीसँग गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।

दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको निलुको दाजुको दाबी रहेको छ । उनको एक साता उपचारपछि शुक्रबार मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका थिए । गत कात्तिक १ गते स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर पौडेलले आत्मदाहको प्रयास गरेको दाबी छ ।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार