काठमाडौं । प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त वित्तीया संस्था लिमिटेडबीच लघुवित्तमा कार्यरत कर्मचारीलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट केन्द्रीय बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीले उत्कृष्ट बैकिङ सेवा प्रयोग गर्ने विश्वास लिइएको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालै युरो मनी अवार्ड नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको-२०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर रहेका छन् ।
यस बैंकले ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।