जेनजी आन्दोलनमा फरार दुई जना कैदी पुनः पक्राउ

0 Shares

काठमाडौं । जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ परेका छन् । नख्खु कारागारबाट भदौ २४ गते भागेका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर २ होप भ्याली निवासी ३२ वर्षीय अम्बरबहादुर सारु मगरलाई इमाडोल प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनी चोरी मुद्दामा सजाय काटिरहेका थिए ।

त्यस्तै, सुन्धाराबाट भागेका सामाखुशीका ३१ वर्षीय विशाल महर्जनलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार