0
Shares
काठमाडौं । झापाको दमक नगरपालिका ५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।
स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको हतियार जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको पुष्टि भएको छ ।
उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनको भनाइ थियो ।
यो तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।