जेनजीबाट बन्न लागेका मन्त्रीको नाममा जेनजीकै असहमती

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको कसरत गररहँदा ‘जेनजी मन्त्री’ का रूपमा प्रचार गरिएका नामप्रति जेनजी अगुवा मिराज ढुंगानाले आपत्ति जनाएका छन् ।

आफूहरूसँग सल्लाहबिना ‘जेनजी मन्त्री’ तय गरिएको भए त्यो स्वीकार्य नहुने उनको भनाइ छ । अहिलेसम्म जेनजीबाट कसलाई मन्त्री बनाउने भनेर आफूहरूसित छलफल नगरिएको उनले बताए । उनले भने, ‘उहाँहरूलाई कुन जेनजीले सिफारिस गरेको हो थाहा भएन । आन्दोलनमा कुनै भूमिका नभएकाहरूलाई कदापी स्वीकार गर्दैनौं ।’

ढुंगानाले प्रधानमन्त्रीसँग आफूले यस विषयमा कुरा राख्ने बताए । जेनजीकै अर्का अगुवा गगन ओलीले आफूखुसी मन्त्री बनाउने कार्य ठिक नभएको बताए । जेनजी आन्दोलनको माग कसैलाई मन्त्री वा कुनै पद दिनका लागि नगरिएको ओलीको भनाई छ ।

जेनजीबाट मन्त्री बनाउन लागिएको र सोमबार सपथ खुवाउने तयारी गरिएका भन्दै चार युवायुवतीको नाम हिजो केही मिडियाबाट प्रवाहित गरिएको थियो ।

सम्बन्धित समाचार