कांग्रेस महाधिवेशनः आज मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने कार्य तालिका रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्य तालिकाअनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म तोकिएको छ ।

संशोधित निर्वाचन कार्य तालिकाअनुसार आज बिहान ९ः३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ ।

सम्बन्धित समाचार