काठमाडौं । आज देशभरका भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणता बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणता बादल लाग्ने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणता बादल लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणता बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने छ ।
देशको हिमाली भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेसलगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।