कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

0 Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् ।

शुक्रबार सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसभन्दा अगाडि पनि अध्यक्ष थिए ।

बैंकको साधारण सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहअन्तर्गत आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध चयन भएको थिए ।

सम्बन्धित समाचार