राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सुरु, दलबाट को-को नेता गए?

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी छन् ।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य सहभागी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल पुगेका छन् ।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा. जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी ,नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन् ।

सरकारले आगामी फागुन २१ गते संघीय संसदको निर्वाचन मिति तोकेसँगै राष्ट्रपति पौडेलले चुनावको वातावरण बनाउनका लागि सरकार र सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाएका थिए ।

सम्बन्धित समाचार