४० घण्टापछि खुलेको मुग्लिन सडक फेरि बन्द, मारमा यात्रु

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा सुक्खा पहिरो खसेको छ । पहिरो खसेसँगै मुग्लिन-काठमाडौं सडक खण्ड ठप्प भएको छ ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर, राति ठूलो पहिरो झरेपछि सडक दुईतर्फी ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ । रातिदेखि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुले मार खेप्नु परेको थियो ।

नेपालीहरूको महान पर्व दसैं सुरु भएसँग सडकमा परेको गाडीको चाप सामान्य नहुँदै जवाङ खोलामा पहिरो झरेपछि यात्रुहरु थप समस्यामा परेका छन् ।

सम्बन्धित समाचार