0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने भएको छ ।
जेनजी आन्दोलनमा घरमा लगाइएको आगोमा जलेर घाइते भएकी चित्रकारको थप उपचारका लागि सोमबार श्री एयरलाइन्सलाई एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।
परिवारले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमण बढेपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो ।