0
Shares
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका केही स्थानको बाँकी पहाडी भागको थोरै स्थान तथा बाँकी तराई भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।