0
Shares
चितवन । नारायगढ– मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाएर बाटो छिचोलिएको छ ।
शुक्रबार साँझ ६ बजे खसेको पहिरो ४५ घण्टापछि पन्छाइएको हो । पहिरो तत्काल नझरेकोको अवस्था केहीबेरमै एकतर्फी बाटो खुलाउने तयारी भइरहेको चितवनका सिडिओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।
उनले भने,‘पहिरो पन्छाएर बाटो छिचोलेको छ । पहिरो तत्काल खसेन भने केहीबेरमा एकतर्फी बाटो खुलाउने तयारीभइरहेको छ ।’ पहिरोको कारण उक्त सडकखण्ड ४५ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेको छ भने यात्रुहरु पनि विचल्लीमा परेका छन् । सडक डिभिजन भरतपुरको टोलीले एक्टाभेक्टर रोलर र डोजर प्रयोग गरी पहिरो पन्छाइरहेको हो ।