नारायणगढ–मुग्लिन सडकमा अलपत्र यात्रुलाई पानी र खाजा वितरण

0 Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ।

जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ।

यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको छ।

वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन्।

सम्बन्धित समाचार