ओलीले बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

0 Shares

काठमाडौं । तत्कालीन सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको साढे पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्।

जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रीको शपथ गराएका हुन्।

गएको चैत ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको थियो।

कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।

नेपाललाई लोडसेडिङ मुक्त गर्न सकारात्मक भूमिका निर्वाह गरेको भन्दै आम नागरिकले कुलमानको प्रशंसा गर्दै आएका छन्।

सम्बन्धित समाचार