आज यी स्थानमा भारी वर्षा हुने, देशभरको मौसम कस्तो?

0 Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका धेरै तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार