कार्फ्यु हटेसँगै सहज बन्दै जनजीवन

0 Shares

काठमाडौं । गत मंगलबारदेखि ठप्प भएको काठमाडौं जनजीवन सामान्य बन्न थालेको छ । कार्फ्यु हटेसँगै सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।

शुक्रबार केही मात्रामा चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा चल्न थालेका हुन् । चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

जेनजीले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपरबाहेक क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए ।

शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, ट्याक्सीलगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् ।

सम्बन्धित समाचार