0
Shares
काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा परी देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आन्दोलनमा परी देशभर ५१ जनाले ज्यान गुमाएका हुन् ।
प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत र प्रभाग कोटेश्वरमा कार्यरत गरी तीन जना प्रहरीको समेत मृत्यु भएको खुलेको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोग हुँदा २१ जनाले ज्यान गुमाएका छन् ।
प्रदर्शनको क्रममा आगजनी, भागदौड र करेन्ट लागेर १८ जनाले ज्यान गुमाएका छन् । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।