गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ४ घर भई हाल ललितपुरको सुनाकोठी २५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

उनले भने, ‘जलेको अवस्थामा निजको शव भेटिएको थियो, मृतकले लगाएका कपडा र घडीका आधारमा आज पहिचान खुलेको हो ।’

मृतकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो जेनजी प्रदर्शन उग्र बनेपछि दाहालको घरमा आगजनी गरिएको थियो ।

सम्बन्धित समाचार