0
Shares
काठमाडौं । आज देशभर साधारणतया मौसम बदली रहने छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भागका केही स्थानमा र बाँकी तराईका भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाड र मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।