सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी

0 Shares

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्शुराम मरासिनीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिले भदौ १८ गते गरेको निर्णयअनुसार मरासिनीलाई भदौ १९ गतेदेखि लागू हुने गरी चार वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

मरासिनी विगत आठ वर्षदेखि सोही कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारीमा कार्यरत थिए । कम्पनीले जीवन बीमा क्षेत्रमा उनको लामो अनुभवले कम्पनीलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार