काठमाडौं। लगातार ८ वर्षसम्म विश्वको पहिलो इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा।लि।ले उच्च प्रदर्शनयुक्त याडिया भेलक्समा विशेष छुट घोषणा गरेको छ। कम्पनीले यस स्कुटरमा ४० हजार नगद छुट दिने भएको हो।
यसअघि दुई लाख ८५ हजारमा बिक्री हुँदै आएको याडिय भेलक्सको नयाँ मूल्य दुई लाख ४५ हजार बनाएको छ। यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा पहिलो इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड बनेको अवसरमा दिएको हो। याडियाको विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ।
याडिया भेलक्स ती सवारहरूको लागि बनाइएको हो। जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन्। ३२०० वाट मोटर र १७२ एनएम टर्कसहित यसले ६२ किमीरघण्टाको उच्चतम गति हासिल गर्छ। एक पटकको चार्जमा १०० किमीसम्मको दूरी तय गर्न सक्छ।
यसको ३०एम्पिएरर ७२ भोल्ट ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र प्रदान गर्छ। साथै, जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ। डिजाइन र सुविधाको दृष्टिले भेलक्समा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्टररियर डिस्क ब्रेक सिस्टम विथ जस्ता विशेषता छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ। जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।
याडियाले भेलक्समा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष अर्थात ५० हजार किमी वारेन्टी दिएको छ। जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ।