0
Shares
काठमाडौं। नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएकी छन्।
आर्थिक मिडिया एसोसिएसन नेपाल ९इमान०द्वारा आज काठमाडौं आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफलमा उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिइन्।
उनले भनिन्,“डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ।”