शरद ओझा निलम्बन भएपछि अर्थ मन्त्रालयका सहसचिव पोखरेलले लिए बिमा प्राधिकरण अध्यक्षको सपथ

0 Shares

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बिमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष उनले सपथ लिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भर्इ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

नेपाल बिमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाबारे उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बिमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो।

छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए। यसैबीच छानबिन समितिका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेका छन्।

सम्बन्धित समाचार