0
Shares
काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका ३ आम्बासमा ९० वर्षीय वृद्धले ७६ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।
९० वर्षीय दिलबहादुर थापाले वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनले टाउकोमा फलामको रड प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले जनाएका छ । उनलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार उनीहरूको घरायसी विवाद भएको थियो ।
पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो । उनले पत्नीको हत्या गरेको स्वीकार गरेका छन् ।